• Menu

हिमपहिरोले गोरखाको वीरेन्द्र ताल फुट्यो, बूढीगण्डकी तल्लो तटका बासिन्दालाई सतर्क रहन आग्रह

नेपाल प्रफिट

२०८१ वैशाख ९, आइतबार १०:१९

हिमपहिरोले गोरखाको वीरेन्द्र ताल फुट्यो, बूढीगण्डकी तल्लो तटका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । हिमपहिरोले गोखराको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने ९ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन् ।

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ । बाढीले नदीआसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपिल गर्दछौं,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्