• Menu

ताप्लेजुङको पाथीभरा क्षेत्रमा जाँडरक्सी बेच्न र खान प्रतिबन्ध

नेपाल प्रफिट

२०८१ वैशाख ७, शुक्रबार ०९:१३

ताप्लेजुङको पाथीभरा क्षेत्रमा जाँडरक्सी बेच्न र खान प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा जाँडरक्सी बेच्न र खान प्रतिबन्ध लगाइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा रक्सी बेच्न र खान निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी जाँडरक्सी निषेध गरिएको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्णरूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्