• Menu

चीनको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो, पहिलो त्रैमासमा ५.३ प्रतिशतको वृद्धि

नेपाल प्रफिट

२०८१ वैशाख ५, बुधबार १२:५८

चीनको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो, पहिलो त्रैमासमा ५.३ प्रतिशतको वृद्धि

काठमाडौं । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । समष्टिगत मागमा भएको उच्च सुधारको नीतिले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी-मार्चमा वार्षिक आधारमा ५.३ प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरूले भने ४.८ प्रतिशतको वृद्धि हुने अनुमान गरेका थिए । अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र १.६ प्रतिशत विन्दुले बढेको छ ।

चीनको अर्थतन्त्रले कोभिड-१९ महामारीबाट सुधारमा आउन निकै संघर्ष गर्नुपरिरहेको छ । कोभिड-१९ महामारीका कारण मागमा मन्दी र रियल इस्टेटमा देखिएको संकटका कारण आर्थिक विकास प्रभावित भएको थियो ।

चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण रियल इस्टेट क्षेत्रमा देखिएको संकटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्छ ।

पहिलो त्रैमासका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा ६.१ प्रतिशतले माथि रहेको र खुद्रा बिक्री ४.७ प्रतिशतको वार्षिक आधारमा बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको छ ।

चीनले सन् २०२४ का लागि करिब ५ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्