• Menu

गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

नेपाल प्रफिट

२०८१ वैशाख २, आइतबार १४:३३

गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

२०८० चैत १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथ ग्रहणपश्चात् सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखेर विकास बैंकलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

त्यस्तै अध्यक्ष श्यामप्रसाद बस्यालले विकास बैंकलाई यो उचाइसम्म पुर्‍याउन निवर्तमान सीईओले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । यसअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसादको कार्यकाल यही चैत मसान्तमा सकिएको थियो ।

बैंकले देशभरका १२३ शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्