• Menu

एनआईसी एसिया बैंकको शाखा कार्यालयको ढोका फोडियो, प्रहरीद्वारा खोजी जारी

नेपाल प्रफिट

२०८१ वैशाख २, आइतबार १३:३१

एनआईसी एसिया बैंकको शाखा कार्यालयको ढोका फोडियो, प्रहरीद्वारा खोजी जारी

मुगु । एनआईसी एसिया बैंकको मुगुस्थित शाखा कार्यालयको ढोका अज्ञात व्यक्तिबाट फोडिएको छ । शनिबार राति ९:२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति भित्र पसेको बैंकको सीसी क्यामेरामा देखिएको छ ।

उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जनामात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म  ड्युटी भएकाले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ । बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नेबाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्