• Menu

सर्लाहीको बागमती नगरपालिका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल प्रफिट

२०८० चैत २८, बुधबार १४:०१

सर्लाहीको बागमती नगरपालिका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

थापाले कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारको दाबी छ । अख्तियारले थापालाई अवैध आम्दानीबराबर बिगो कायम गरी जरिवाना, सजाय र सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

सार्वजनिक सेवामा बहाल रहँदा थापाले अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा समेत राखेको अख्तियारको दाबी छ । अख्तियारले सम्पत्ति जफत गर्न उनीहरूलाई पनि प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्