• Menu

एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेशमा समर्थन फिर्ता

नेपाल प्रफिट

२०८० चैत २६, १९:२५

एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेशमा समर्थन फिर्ता

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र सोमबार संयुक्त रुपमा बुझाएका छन् ।

प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु  बुझाएका हुन् । प्रदेश प्रमुख खापुङलाई उनीहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार पत्र बुझाए ।

प्रदेश प्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानुन सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आह्वान गर्ने बताए ।