• Menu

कर्णाली पुलबाट १७ युवाले नदीमा हाम फाले, एक बेपत्ता (भिडियोसहित)

नेपाल प्रफिट

२०८० चैत १२, २२:१२

कर्णाली पुलबाट १७ युवाले नदीमा हाम फाले, एक बेपत्ता (भिडियोसहित)

कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट १७ युवाले नदीमा हाम फालेका छन् । सोमबार दिउँसो हाम फालेकामध्ये चिसापानीका एक युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका ३ चिसापानीका लोकेन्द्र शाही कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

घटनालगत्तै डुंगाको सहयोगमा उनको खोजी गर्दा पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार १७ जनाले पुलबाट हाम फालेका हुन् । उनीहरुले साथीहरुको लहैलहैमा नदीमा हाम फालेको बुझिएको छ ।

पुलनजिक खटिएका प्रहरीलाई युवाहरुले एक छिन फोटो खिच्छौं भनेर गएको र फटाफट पुल माथिबाट हाम फालेको प्रहरी उपरीक्षक विष्टले बताए ।

भिडियो सामाजिक सञ्जालबाट