स्कटल्यान्ड । एनआरएनए अभियन्ता मोहन कार्की ‘बेस्ट रेस्टुरेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । स्कटल्यान्डको फलक्रिकमा सञ्चालित कार्कीको मेक्सिकन टेक्समेक्सबार एन्ड ग्रिलले ‘बेस्ट रेस्टुरेन्ट अवार्ड’ प्राप्त गरेको हो ।
स्कटल्यान्डको प्रतिष्ठित ओसिएनिक अवार्डद्वारा आयोजित कार्यक्रममा ‘द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४’ मा मेक्सिकन टेक्समेक्स बार एन्ड ग्रिललाई सोमबार बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको छ ।
रेस्टुरेन्ट सन् २०१७ मा स्थापना गरिएको हो । कार्कीको रेस्टुरेन्टले गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिका कारण उक्त अवार्ड प्राप्त गरेको बुझिएको छ ।
उनी एनआरएनए स्कटल्यान्डका संस्थापक अध्यक्ष तथा एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष हुन् । फोर्थ भ्याली कम्युनिटीमा उनले रेस्टुरेन्ट निकै लोकप्रिय छ । रेस्टुरेन्टबाहेक फलक्रिकमा उनको सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि छ ।
फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यसअघि अमेरिकाको मियामीमा उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड पाएका थिए ।