• Menu

अनलाइनले सेक्युरिटिजले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, सय जना लाभान्वित

नेपाल प्रफिट

२०८० चैत ७, बुधबार २१:०५

अनलाइनले सेक्युरिटिजले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, सय जना लाभान्वित

सुनसरी । अनलाइन सेक्युरिटिज लिमिटेड (सेयर ब्रोकर नम्बर ४९ )ले ग्लोबल मनी विक २०२४ अन्तर्गत धरानका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीको धरान शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । जसअन्तर्गत चैत ५ गते धरानको डिपो आदर्श बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई पुँजीबजार र लगानीका विषयमा जानकारी गराइएको छ ।

त्यस्तै चैत ६ गते नेपाल पुलिस स्कुल धरानका ११ र १२ कक्षाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई लगानीको महत्वबारे जानकारी गराइएको धरान शाखा प्रमुख सुजन निरौलाले जानकारी दिए ।

कार्यक्रममा युवालाई सेयर बजारमा लगानीको महत्व, लगानीको प्रक्रिया, कम्पनी छनोट गर्ने तरिका, लगानीको उचित समय र लगानीको गुणात्मक वृद्धि कसरी हुनसक्छ भन्ने विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशालकुमार अग्रवालले जानकारी दिएका थिए ।

दुवै स्थानका कार्यक्रम ५०-५० जना गरी सय जनाको सहभागिता थियो । कार्यक्रमका सहभागीले पुँजीबजारसम्बन्धी ज्ञानले भविष्यमा लगानी निर्णय लिन तथा लगानी गर्न सहज हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्