• Menu

टाटा टिप्पर एक्सचेन्ज क्याम्प आयोजना गर्दै सिप्रदी

नेपाल प्रफिट

२०८० फागुन २१, सोमबार १५:१५

टाटा टिप्पर एक्सचेन्ज क्याम्प आयोजना गर्दै सिप्रदी

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा टिप्पर एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले कमर्सियल गाडीलाई लाक्षित गर्दै क्याम्प आयोजना गर्न लागेको हो ।

फागुन २२ र २३ गते धादिङस्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुने एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका टिप्परसँग टाटा एसके १६१३ र टाटा एलपीके २५२३ टिप्पर साँट्न सकिने कम्पनीले जनाएको छ ।

सिप्रदीका अनुसार टिप्पर एक्सचेन्ज गर्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस तथा अन्य उपहार पनि प्राप्त गर्न सक्नेछन् । गाडी एक्सचेन्ज अथवा नयाँ खरिद गर्न चाहने ग्राहक एक्सचेन्ज क्याम्पमा सहभागी भई फाइदा उठाउन सिप्रदीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्