• Menu

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल प्रफिट

२०८० फागुन २१, सोमबार १५:०७

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । गत वर्ष ७.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रूपैयाँ छ । लाभांश वितरणपछि कम्पनीको पुँजी १ अर्ब ४४ करोड रूपैयाँ नाघ्नेछ । बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । बोनस वितरणपछि अपुग पुँजी पुर्‍याउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्