• Menu

देशभरका ३५ शाखाबाट ग्लोबल आईएमई बैंकको एकसाथ वित्तीय साक्षरता कार्यक्रम, ४ हजारको सहभागिता

नेपाल प्रफिट

२०८० फागुन १९, शनिबार १४:४९

देशभरका ३५ शाखाबाट ग्लोबल आईएमई बैंकको एकसाथ वित्तीय साक्षरता कार्यक्रम, ४ हजारको सहभागिता

काठमाडौं । ग्लोबल आईएमई बैंकले देशभरका ३५ शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय पहुँचभन्दा बाहिर रहेका लक्षित वर्ग पहिचान गरी बैंकले सातवटै प्रदेशका ३५ शाखामार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवायुवतीको सहभागिता रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा ४ हजारभन्दा बढीलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुबारे  जानकारी गराइएको छ ।

बागमती प्रदेशअन्तर्गत भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, रसुवाको गोसाइकुण्ड गाउँपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका र ललितपुरको ललितपुर महानगरमा कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशअन्तर्गत बागलुङको ढोरपाटन, बागलुङ र जैमिनी नगरपालिका, पर्वतको कुस्मा नगरपालिका र कास्कीको पोखरा महानगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको कपिलवस्तु, बाणगंगा र शिवराज नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गुल्मीको रेसुंगा नगरपालिका र इस्मा गाउँपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, पाल्पाको तानसेन नगरपालिका, प्युठानको प्युठान नगरपालिका, रोल्पाको परिवर्तन र सुनिल स्मृति गाउँपालिका तथा रुपन्देहीको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बाजुराको बढीमालिका नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्