• Menu

नेको इन्स्योरेन्सले ६ महिनामा गर्‍यो २२ करोड नाफा, प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ

नेपाल प्रफिट

२०८० फागुन १, मंगलबार २०:२९

नेको इन्स्योरेन्सले ६ महिनामा गर्‍यो २२ करोड नाफा, प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ

काठमाडौं । नेको इन्स्योरेन्सले ६ महिनामा २२ करोड १२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको पुस मसान्तसम्ममा १९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको चालु आवको सोही अवधिमा नाफा बढाएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रिमियम शुल्कमा पनि सामान्य वृद्धि भएको छ । कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ९ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको थियो ।

कम्पनीले चालु आवको ६ महिनामा २१ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत पुस मसान्तसम्ममा कम्पनीले २१ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब ६४ करोड रुपैयाँ बिमाकोषबाट लगानी गरेको जनाएको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासमा कमिसन खर्च र सेवा खर्च घटाएको छ भने कर्मचारीको खर्च बढाएको छ ।

पुस मसान्तसम्म कम्पनीले १ लाख ५४ हजारवटा बिमा पोलिसी बिक्री गरेको छ भने ४ हजार ८७० वटा पुरानो पोलिसी नवीकरण गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ छ भने नेटवर्थ २३०.०१ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्