• Menu

सहकारीको प्रतिवेदन बुझ्दै रास्वपा टोलीलाई प्रधानमन्त्रीले भने- पीडितलाई न्याय दिन म आफैं सक्रिय छु

नेपाल प्रफिट

२०८० फागुन १, १०:५२

सहकारीको प्रतिवेदन बुझ्दै रास्वपा टोलीलाई प्रधानमन्त्रीले भने- पीडितलाई न्याय दिन म आफैं सक्रिय छु

काठमाडौं । ‘सहकारी तथा लघुवित्तको संकट र समाधानका उपाय’ विषयक प्रतिवेदन बुझाउन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र उपसभापतिसहितको टोलीलाई प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई न्याय दिन आफैं सक्रिय रहेको बताएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैं सक्रिय रहेको बताएका हुन् ।

‘यो मामलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौं बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु,’ उनले भने, ‘तपाईंहरूको सुझाव पनि हेर्छु । यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईंहरूको पनि सहयोग चाहिन्छ ।’