काठमाडौं । अस्ट्रेलियन प्रहरीले एक नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ । अस्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जनाएको छ । प्रहरीले अपरेसन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको फेसबुकमा उल्लेख गरेको छ ।
घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेसन रहेको प्रहरीले उल्लेख गरेको छ । भट्टचन यसअघि पनि गेम्ब्लिङ र लागु औषध कसुरमा पटक‑पटक विवादमा मुछिएका थिए ।