काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबारको कारोबार समय सकिनुभन्दा १ मिनेटको अवधिमा उछाल आएपछि १४ अंकले बढेको छ । २ बजेट ५९ मिनेटसम्म करिब २ अंकको वृद्धिमा रहेका परिसूचक अन्तिम मिनेटमा थप १२ अंकले बढेको हो ।
तीन दिनपछि सोमबार बजार १४.५७ अंकले बढेर २०७६.२७ अंकमा उक्लिएको छ । बजार बुधबार २१.६७, बिहीबार ३०.९२ र आइतबार ५.३१ अंकले बढेको घटेको थियो ।
नेप्से बढे पनि कारोबार रकम सुस्ताएको छ । सोमबार दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँबराबरको मात्र सेयर कारोबार भएको छ । ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर ५६ हजार ७७६ पटक किनबेच भएको हो ।
होटल तथा पर्यटन समूह ०.२०, उत्पादन तथा प्रशोधन समूह ०.०९, म्युचुअल फन्ड ०.०६ र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४.६८ प्रतिशतले बढेको छ ।
नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ६.७८ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको १८ करोड ५९ लाख रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने ङादी पावर लिमिटेडको चार लाख ४७ हजार ६६७ कित्ता किनबेच भएको छ ।