• Menu

सेयरधनीलाई लाभांश नदिने प्रभु बैंक सञ्चालक समितिको निर्णय

नेपाल प्रफिट

२०८० माघ ९, मंगलबार १३:१०

सेयरधनीलाई लाभांश नदिने प्रभु बैंक सञ्चालक समितिको निर्णय

काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रमा ‘सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नरहेको’ उल्लेख छ ।

प्रभु बैंकले २०७८/७९ को नाफाबाट पनि सेयरधनीलाई जम्मा ८ प्रतिशत लाभांश दिएको थियो । त्यसअघिको वर्षमा १२.६३ प्रतिशत लाभांश दिएको थियो ।

आव २०७४/७५ देखि २०७८/७९ सम्ममा प्रभु बैंकले सेयरधनीलाई औसत ११.२८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्