• Menu

मंगलबार २१४ कम्पनीका लगानीकर्ताले कमाए, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

नेपाल प्रफिट

२०८० माघ २, मंगलबार १५:३३

मंगलबार २१४ कम्पनीका लगानीकर्ताले कमाए, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५४.५४ अंकले बढ्दा मंगलबार २१४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बैंकको ब्याजदर ओरालो लाग्न थालेपछि बजारमा उछाल आएको हो ।

नेप्सेमा सूचीकृत सबै १३ उपसमूह उकालो लाग्दा बजार २१७५.१७ अंकमा उक्लिएको छ । बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै अन्य १५ कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयल २८ करोड ३१ लाख, निफ्रा इन्फ्रास्ट्रक्टर बैंक २३ करोड २६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट २१ करोड १३ लाख, हिमाल दोलखा हाइड्रोपावर १७ करोड ६३ लाख र अपी पावर कम्पनी १६ करोड ४६ लाख छन् ।

कुल ८ अर्बभन्दा बढीको सेयर किनबेच भएको बजारमा ३१ कम्पनीको सेयर मूल्य भने घटेको छ । कुल बजार पुँजीकरण ३४ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्