• Menu

विश्वका साढे ३ सय गन्तव्यमा उडान भर्दै आएको टर्की एयर जेट विमान थप्दै

नेपाल प्रफिट

२०८० मंसिर ३०, शनिबार ०६:४३

विश्वका साढे ३ सय गन्तव्यमा उडान भर्दै आएको टर्की एयर जेट विमान थप्दै

एजेन्सी । टर्किस एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ । विश्वको सबैभन्दा ठूलो वाहक बन्ने उद्देश्यसहित यो एयरलाइन्सले विमानहरु थप गर्न लागेको हो ।

‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन् १९३३ मा स्थापना भएको टर्किस एयरलाइन्सले अहिले युरोप, एसिया, अफ्रिका र अमेरिकाका करिब साढे ३ सय गन्तव्यमा उडान भरिरहेको छ । सन् २०२२ मा कम्पनीले १८ अर्ब ४३ करोड अमेरिकी डलर आम्दानी गरेको थियो ।