• Menu

शौर्य मिथिला लोक चित्रकला प्रतियोगितामा १५ जना छानिँदै, तेस्रो चरणमा पुग्ने सबैलाई पुरस्कार

नेपाल प्रफिट

२०८० मंसिर २५, सोमबार २१:२१

शौर्य मिथिला लोक चित्रकला प्रतियोगितामा १५ जना छानिँदै, तेस्रो चरणमा पुग्ने सबैलाई पुरस्कार

काठमाडौं । शौर्य मिथिला लोक चित्रकला प्रतियोगिताअन्तर्गत दोस्रो चरण सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टले आयोजना गरेको मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको हो ।

मधेस प्रदेश स्तरमा गरिएको कार्यक्रममा १५० भन्दा बढी आवेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाई छनौट गरिएको हो । छनौट भएका ७५ जनालाई शौर्य सिमेन्ट उद्योग परिसरमा रहेको हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो ।

उक्त चित्रकलाका आधारमा तेस्रो चरणका लागि १५ जना छनौट गरिने कम्पनीले जनाएको छ । छनोट हुने प्रतियोगीले शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनुपर्नेछ ।

तेस्रो चरणको प्रतियोगिता पुस २ देखि ७ सम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५ -५ हजार नगद प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर छन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रिजले कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्