• Menu

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, १२५ विद्यार्थी सहभागी

नेपाल प्रफिट

२०८० मंसिर २२, शुक्रबार २१:०१

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, १२५ विद्यार्थी सहभागी

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २१ गते बिहीबार र मंसिर २२ गते शुक्रबार जनकपुर र इटहरी शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमको सूचीमध्ये मंसिरका लागि तय भएको कार्यक्रमको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १२५ विद्यार्थी सहभागी थिए । जनकपुर शाखाले जनकपुरको राजर्षि जनक क्याम्पसका ७५ जना र इटहरी शाखाले ज्योति माविका ५० जना विद्यार्थीलाई वित्तीय साक्षरतामा सहभागी गराएको हो ।

समृद्धि फाइनान्सले १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्