काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक मंगलबार १०.१० अंकले घटेर १८३७.७१ अंकमा झरेको हो ।
आज २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर ३८ हजार ५८४ पटक खरिद‑बिक्री हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.५७ र होटल तथा पर्यटन समूह १.७१ प्रतिशतले घटेको छ ।
सिंगटी हाइड्रो लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको सेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको ३६ करोड २९ लाख ५७ हजार रुपैयाँबराबरको आठ लाख ३१ हजार ३५० कित्ता सेयर किनबेच भएको छ ।