• Menu

लोरियलकी मालिक फ्रान्कोस विश्वका धनाढ्यको सूचीमा १२ नम्बरमा

नेपाल प्रफिट

२०८० पुस १३, शुक्रबार २१:११

लोरियलकी मालिक फ्रान्कोस विश्वका धनाढ्यको सूचीमा १२ नम्बरमा

एजेन्सी । फ्रेन्च सौन्दर्य प्रशाधन कम्पनी लोरियलकी मालिक फ्रान्कोस बेटेनकोर्ट मेयर्स १ सय अर्ब डलरभन्दा बढी कमाउने विश्वकै पहिलो महिला बनेकी छन् ।

ब्लुमबर्ग बिलेनियर इन्डेक्समा उनी १०० अर्ब डलरभन्दा बढी आम्दानी गर्दै धनाढ्यको १२औं नम्बरमा परेकी हुन् । फ्रान्कोसले भारतका मुकेश अम्बानीलाई पछि पारेकी छिन । अम्बानी सूचीको १३औं नम्बरमा छन् ।

लोरियल फ्रान्कोसका हजुरबुवाले स्थापना गरेको कम्पनी हो । कम्पनीले दशकौंदेखि सेयर बजारमा पनि बलियो उपस्थिति जनाइरहेको छ । बिहीबार कम्पनीको सेयरले उच्च मूल्यमा कारोबारको रेकर्ड राखेको थियो ।

कोभिड महामारीका बेला लकडाउनका कारण मानिसले कम सौन्दर्य प्रशाधन प्रयोग गर्दा लोरियलको बिक्री घटेको थियो । अहिले व्यापार लयमा फर्किसकेको कम्पनीले जनाएको छ ।

फ्रान्कोस लोरियल कम्पनीको बोर्डमा उपाध्यक्ष छिन् । उनी र उनको परिवारको कम्पनीमा करिब ३५ प्रतिशत सेयर छ । सन् २०१७ मा आमा लिलियनको मृत्यु भएपछि फ्रान्कोसले कम्पनीको स्वामित्व पाएकी हुन् । लिलियन सधैं फ्रान्सकी धनाढ्यका रुपमा चर्चामा रहिन् ।

प्रतिक्रिया दिनुहोस्