• Menu

एचआईडीसीएलले घोषणा गर्‍यो लाभांश

नेपाल प्रफिट

२०८० पुस ५, बिहीबार २२:०८

एचआईडीसीएलले घोषणा गर्‍यो लाभांश

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकारले स्वीकृत गरेपछि मात्र वितरण हुनेछ । कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (२)मा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले नेपाल सरकारको पूर्वस्वीकृति लिएरमात्र लाभांश वितरण गर्न सक्ने व्यवस्था छ ।

कम्पनीले २०७७/७८ को नाफाबाट सेयरधनीलाई गत वर्ष ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्