चितवन । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेको ट्रक त्रिशूलीमा खसेको छ । ना. ६ ख ६२८३ नम्बरको ट्रक आइतबार बिहान त्रिशूलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो ।
ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।