• Menu

एमाले सचिवालय बैठक सुरू

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार १५:३४

एमाले सचिवालय बैठक सुरू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय  बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो ।

शुक्रबार दिँउसो १ बजेका लागि डाकिएको बैठक ३ बजेमात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुनेछ ।