• Menu

खेलकुद तथा पकवानमार्फत पर्यटन प्रवर्धन गरिने

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार ११:३७

खेलकुद तथा पकवानमार्फत पर्यटन प्रवर्धन गरिने

काठमाडौं । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्धनका लागि होटल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मञ्चको काठमाडौंमा जारी २५औं कंग्रेसमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह र मञ्चका अध्यक्ष हे डन जुंगले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा मञ्चका अध्यक्ष कोरियाली पत्रकार जुंगले नेपाली रैथाने परिकारको अन्तर्राष्ट्रिय सद्भावना दूतको जिम्मेवारी वहन गरेका छन् ।

कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका वरिष्ठ खेलकुद पत्रकारको सम्मानमा होटल संघ नेपालले आयोजना गरेको रात्रिभोजमा १० जना नेपाली मास्टर सेफहरुले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थबाट स्वागत सत्कार गरिएको छ ।

स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार र आयोजक होटल संघ नेपाल< पर्यटन सम्वद्ध संस्था र नेपाल खेलुकद पत्रकार मञ्चका पदाधिकारीबीच खेलकुद लगायत पर्यटन प्रवर्धनका विविध विषयमा छलफल भएको छ ।