• Menu

तनहुँमा ७ सय ७० साना उद्योग थपिए, ५१ लाख ४ हजार राजस्व संकलन

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार ११:२८

तनहुँमा ७ सय ७० साना उद्योग थपिए, ५१ लाख ४ हजार राजस्व संकलन

तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा ७ सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७२ उद्योग थपिएका हुन् ।

उक्त कार्यालयले आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा १५ लाख कम राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ६६ लाख ४ हजार २ सय राजस्व संकलन गरेको यो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ५१ लाख ४ हजार ८ सय राजस्व संकलन गरेको जनाएको छ ।

‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा १ हजार १ सय ३७ उद्योग र ८ सय १७ वाणिज्य नवीकरण भएका छन्,’ कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने ।

त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा ३ सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा २ सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।