• Menu

कन्ट्री रेटिङका लागि फिचका प्रतिनिधि नेपालमा, अर्थमन्त्रीसँग छलफल

नेपाल प्रफिट

२०८१ भदौ २७, २१:२०

कन्ट्री रेटिङका लागि फिचका प्रतिनिधि नेपालमा, अर्थमन्त्रीसँग छलफल

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि रेटिङ्टस कम्पनी नेपाल आएको छ । नेपाल आएको फिचको मूल्यांकन टोलीले बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ ।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताए ।

फिचका प्रतिनिधिले अर्थमन्त्रीसँग नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालनलगायतका विषयमा चासो राखेका छन् ।