काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भने, ‘तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना ।’
प्रधानमन्त्री ओलीले शुक्रबार देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गरेका छन् ।
‘बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पर्थ्यो । यातायात र संचार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीजमात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँ आउने दिन गन्न थाल्थ्यौँ,’ उनले स्मरण गरे ।