काठमाडौं । लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभाले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदानुलाई दिने निर्णय गरेको हो ।
जगदम्बा श्री २०८० भने प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय भएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि समान चार लाख रुपैयाँ छ ।
२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ पुस्तक मध्येबाट साउन ८ गते शीर्ष पाँच पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।
मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ तथा भावेश भुमरी र प्रणिता चाम्लिङको ‘भावलिपि’ छनोटमा परेका थिए । पुरस्कार असोजमा वितरण हुनेछ ।