• Menu

हवाई दुर्घटनापछिका छानबिन समितिमाथि मन्त्री पाण्डेको आशंका, प्रतिवेदनमाथि प्रश्न

नेपाल प्रफिट

२०८१ भदौ १३, ११:३१

हवाई दुर्घटनापछिका छानबिन समितिमाथि मन्त्री पाण्डेको आशंका, प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिमाथि आशंका व्यक्त गरेका छन् ।

वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षासम्बन्धी दुई दिने कार्यशाला गोष्ठीमा बिहीबार मन्त्री पाण्डेले समितिका प्रतिवेदनमाथि नै समीक्षा गर्ने बेला आएको बताएका हुन् ।

‘नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन् ?,’ उनले भने, ‘त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको छ ।’

समितिहरुले बुझाएका प्रतिवेदन तथ्यपरक छन् भने कार्यान्वयन किन हुन सकिरहेको छैन भन्दै उनले प्रश्न गरे । मन्त्री पाण्डेल आन्तरिक हवाई यात्रुमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वास क्षयीकरण भएको टिप्पणी गरे । ‘यसबारेमा सरोकारवाला निकाय गम्भीर र सचेत बन्नुपर्ने देखिन्छ,’ उनले भने ।