• Menu

एमालेले बोलायो सचिवालय बैठक, यस्तो छ कार्यसूची

नेपाल प्रफिट

२०८१ भदौ १२, बुधबार १७:४१

एमालेले बोलायो सचिवालय बैठक, यस्तो छ कार्यसूची

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले बिहीबार सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ ।

केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित ३ उपमहासचिव र ६ जना सचिव सहभागी थिए । एमालेले बिहिवार दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ ।