• Menu

सडक नबनेपछि वीरेन्द्रनगरमा निस्कियो विरोध र्‍याली

नेपाल प्रफिट

२०८० मंसिर २१, २१:१५

सडक नबनेपछि वीरेन्द्रनगरमा निस्कियो विरोध र्‍याली

सुर्खेत । मंगलगढी-काँक्रेविहार सडक स्तरोन्नतिको काम रोकिएपछि प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ ।

लाटीकोइली युवा समाजको अगुवाइमा बिहीबार लाटिकाइलीबाट वीरेन्द्रचोक हुँदै मंगलगढीसम्म दबाबमूलक विरोध र्‍याली निकालिएको हो ।

सडक कालोपत्र सुरु नगरी निर्माण कम्पनी सम्पर्कविहीन भएपछि विरोध र्‍याली निकालिएको समाजका सदस्य थोमस गौतमले बताए । अठार महिनाभित्र सक्ने गरी काम सुरु भए पनि पाँच वर्षसम्म सडक निर्माण नहुँदा विरोध र्‍याली निकालिएको उनको भनाइ छ ।

कालोपत्रको काम बीचैमा छाडेर ठेकेदार भागेपछि धुलोले घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताए ।

सडक स्तरोन्नतिका लागि १२ करोड ७६ लाख १५ हजार रुपैयाँमा अमर सिस्ने नेपाल मेघा जेभीले ठेक्का पाएको थियो ।