काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ऐना पहाराबाट मर्स्याङ्दी नदीमा बस खस्दा उनीहरुको मृत्यु भएको हो ।
घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार तनहुँको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
बसमा चालक र सहचालकसहित ४३ जना सवार रहेको प्रहरीले जनाएको छ । १३ यात्रु फेला परेका छैनन् ।