तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा खसेको छ । गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको हो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको संख्या भने एकिन हुन सकेको छैन ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।