• Menu

बिजुली र दिल्लीमा आरजुका तस्बिरहरु !

नेपाल प्रफिट

२०८१ भदौ ३, २०:१७

बिजुली र दिल्लीमा आरजुका तस्बिरहरु !

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका दिल्लीबाट प्राप्त तस्बिरहरूमा उनमा देखिएको चमक निकै सुहाएको छ ।

भारतका विदेशमन्त्री डा. एस जय शंकरले राणासँग उनको पहिलो औपचारिक विदेश भ्रमणको रूपमा स्वागत गर्दा ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका विषयमा  छलफल भएको भन्दै तस्बिरहरू सामाजिक सञ्जालमार्फत सेयर गरेका हुन् ।

विदेशमन्त्री जय शंकरले नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्न सफल भएकोमा खुसी लागेको र यो एउटा नयाँ कोशेढुंगा भएको बताएका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेकी राणाले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेेकी छन् ।