काठमाडौं । चन्द्रागिरि हिल्सले सतप्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत वर्ष २२ करोड ३३ लाख रुपैयाँ नाफा गरेको हो ।
कम्पनीले अघिल्लो आवमा भन्दा गत आवमा ९९.३९ प्रतिशतले नाफा बढाएको छ ।
अघिल्लो वर्ष ९१ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यो वर्ष १ अर्ब सञ्चालन आम्दानी गरेको छ, जुन ९.४९ प्रतिशत धेरै हो ।
कम्पनीको प्रतिसेयर आम्दानीमा पनि दोब्बर वृद्धि भएको छ । अघिल्लो वर्ष ७ रुपैयाँ २६ पैसा रहेको प्रतिसेयर आम्दानी गत वर्ष १४ रुपैयाँ ५६ पैसा पुगेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा छ ।
चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको चन्द्रागिरि हिल्सको जगेडा कोष भने ७ करोड ६ लाख रुपैयाँल ऋणात्मक छ ।