काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
अर्थ मन्त्रालयमा भएको सोमबार भेटमा आर्थिक तथा विकास सहायता, चालु आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको छ ।