• Menu

प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदै कांग्रेस, यी हुन् मन्त्री बन्ने अरु नेता

नेपाल प्रफिट

२०८१ असार ३१, ११:३५

प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदै कांग्रेस, यी हुन् मन्त्री बन्ने अरु नेता

काठमाडौं । नेपाली कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयसहित प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा सहभागी हुने भएको छ । कांग्रेसले केहीबेरअघि सरकारमा सहभागी हुने १० नेताको नाम टुंगो लगाएको हो ।

सभापति शेरबहादुर देउवाले श्रीमती आरजु राणा देउवासहित आफूनिकटका ६ जनालाई मन्त्री बनाएका छन् ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री बन्नेछन् । त्यस्तै देउवा पत्नी राणा परराष्ट्र, दीपक खड्का ऊर्जा जलस्रोत तथा सिँचाइ,  ऐनबहादुर शाही वन तथा वातावरण, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला र तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री बन्दै छन् ।

शेखर कोइराला र गगन थापा समूहबाट बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन, प्रदीप पौड्याल स्वास्थ तथा जनसंख्या र रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् ।