काठमाडौँ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तान मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ परेका हुन् ।
सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेन्ट हाउसमा बालिकालाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेस्ट हाउसमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीको आरोप छ ।