• Menu

एमालेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप

नेपाल प्रफिट

२०८१ असार २६, बुधबार १४:४४

एमालेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमाले संसदीय दल प्रमुख सचेतक महेशकुमार बर्तौलाले असार २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।