काठमाडौं । आइसिसी विश्वकप लिग-२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तरराष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।
टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे । लिग-२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले श्रृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले श्रृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । रासस