• Menu

विपद्का २४ घटनामा एकको मृत्यु, ११ घाइते

नेपाल प्रफिट

२०८३ कात्तिक ३, मंगलबार १४:४१

विपद्का २४ घटनामा एकको मृत्यु, ११ घाइते

काठमाडौं ।  बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।  विपत्तिका घटनाबाट १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ ।

यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन  गरी सवारी चलाएका २६ जना चालकलाई  कारबाही गरेको छ । उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो । रासस