• Menu

कांग्रेस र एमालेले सत्ता समीकरणमा नयाँ समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा

नेपाल प्रफिट

२०८१ असार १८, ०८:३७

कांग्रेस र एमालेले सत्ता समीकरणमा नयाँ समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समीकरणमा समझदारी गरेपछि आन्तरिक छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वापाले जनाएको छ । कांग्रेस र एमालेले सोमबार मध्यराति आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका विषयमा समझदारी गरेका छन् । समझदारी पत्र भने सार्वजनिक भएको छैन ।

नयाँ समझदारीअनुसार एमाले अध्यक्ष केपी ओली दुई वर्ष र देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउने उनीहरुको तयारी छ ।