• Menu

एमालेसँगको नयाँ सहमतिपछि रणनीति बनाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाल प्रफिट

२०८१ असार १८, ०८:३२

एमालेसँगको नयाँ सहमतिपछि रणनीति बनाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने उनले बताए ।

कांग्रेस र नेकपा एमालेबीच सोमबार राति नयाँ समझदारी भएपछि दलहरु आन्तरिक तयारीमा जुटेका हुन् । नयाँ समझदारीअनुसार एमाले अध्यक्ष केपी ओली दुई वर्ष र देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउने उनीहरुको तयारी छ ।