• Menu

६ महिनामा ५ लाख ८३ हजार पर्यटकले गरे नेपाल भ्रमण, जुन महिनामा आए ७६ हजार

नेपाल प्रफिट

२०८१ असार १७, १४:५३

६ महिनामा ५ लाख ८३ हजार पर्यटकले गरे नेपाल भ्रमण, जुन महिनामा आए ७६ हजार

काठमाडौं । सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे महिनामा ९० हजार २११ र जुनमा ७६ हजार ७३६ पर्यटक भित्रिएका हुन् ।

जुन महिनामा सबैभन्दा धेरै ३७ हजार ८३५ भारतीय पर्यटक भित्रिएका छन् । त्यस्तै अमेरिकी ८ हजार २८१, चिनियाँ ७ हजार ४९४, बंगलादेशी ३ हजार ८५७, बेलायती १ हजार ९६९ र अस्ट्रेलियाली पर्यटक १ हजार ५८९ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

सरकारले सन् २०२४ मा पर्यटक आगमन १६ लाख पुर्‍याउने लक्ष्य लिएको छ । लक्ष्य पूरा हुन सन् २०२३ को तुलनामा ५८ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्छ ।