• Menu

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब १६७ रुपैयाँ प्रतिलिटर

नेपाल प्रफिट

२०८१ असार १६, २१:५४

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब १६७ रुपैयाँ प्रतिलिटर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोललाई १६७ र डिजेल तथा मट्टितेललाई प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ ।

सुर्खेत र दाङमा भने पेट्रोलका लागि प्रतिलिटर १६६ र डिजेल तथा मट्टितेलका लागि १५६ रुपैयाँ तिर्नुपर्नेछ ।