• Menu

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा

नेपाल प्रफिट

२०८१ असार १४, शुक्रबार १३:२५


कालिकोट । पहिरो हटाएपछि आज शुक्रबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालिकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो ।

कालिकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरो हटाएपछि अहिले राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन केसीले बताए । ‘कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ,’ उनले भने । कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ ।